Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सगुन कृषि सहकारीको १२ औँ वार्षिकोत्सव सम्पन्न, कुल २६ करोड सेयर पुँजी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७८
in समाचार
0
सगुन कृषि सहकारीको १२ औँ वार्षिकोत्सव सम्पन्न, कुल २६ करोड सेयर पुँजी
295
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरीमा रहेको सगुन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२ औं वर्ष मनाएको छ ।

बुधबार एक कार्यक्रमकाबीच सहकारीको डिपार्टमेन्ट स्टोर उद्घाटन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सीताराम मेहताले रिबन काटेर डिपार्टमेन्ट स्टोरको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेहताले किसानको उत्पादनले बजारीकरण पाउनु सकारात्मक रहेको बताए ।

‘किसानले उत्पादन गरेका कृषिले उचित मूल्य नपाइरहेको अवस्थामा सहकारीमार्फत उपभोक्तासम्म उदेश्यले यसरी डिपार्टमेन्ट स्टोर सञ्चालन गर्नाले कृषक आत्मनिर्भर हुन्छन्,’ उनले भने, ‘हाम्रो देश कृषिप्रधान देश भनिएपनि अझैसम्म बाहिरी देशबाट निर्भर रहनुपर्ने अवस्था छ ।’

उनले योजनाबद्व तरिकाले कृषि क्षेत्रमा काम गर्नुपर्ने बताए । मेहताले भने, ‘अहिले जताततै प्लटिङ भनेको छ, पोल ठड्याइदिएको छ, तर जमिन चैँ बाँझो छ । जमिनको व्यवस्थापन गरिनुपर्छ ।’

उनले बाँझो जमिन रहेकाले त्यसको उचित व्यवस्थापन गरेको अवस्थामा आम मानिस आत्मनिर्भर बन्ने तर्क राखे । बाँझो रहेको जमिनमा तोरी, अदुवा, बेसार, फलफूल, तरकारीखेती गरिनुपर्ने बताउँदै उनले यस्ता सहकारीले किसानको हक हितमा गोलबद्व भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सगुन कृषि सहकारीका अध्यक्ष टीकादत्त बनका अनुसार २०६७ सालमा स्थापना भएको उक्त सहकारीले हाल इटहरी, तरहरा, झुम्का, इनरुवामा सेवा दिइरहेको छ । उनका अनुसार इनरुवामा कृषि यान्त्रीकरण परियोजना अन्तरगत कस्टम हायरिङ्ग सेवा केन्द्र पनि सञ्चालनमा रहेको छ ।

हाल ७५ जना कर्मचारी रहेको सहकारीको शेयरपुँजी दुई करोड ६० लाख र निक्षेप १२ करोड रहेको छ । यस्तै, सहकारी पसलमा दुई करोड बढी लगानी रहेको छ ।

‘सहकारीले बचत उठाउने र ऋण दिने भन्ने मात्रै बुझाइ भएकाले केही समय चुनौती पनि भयो,’ उनले भने, ‘हामीले यस डिपार्टमेन्ट स्टोरमा ३० हजार प्रकारका प्रोडक्ट राखेका छौँ, यहाँबाट नाफा भएको रकम सेयर सदस्यमा जानेछ ।’

उनका अनुसार यसबाट भएको नाफा समुदायमा जाने भएकाले अहिले डिपार्टमेन्ट स्टोरले थप सुविधा पनि ल्याएको छ ।

कार्यक्रममा चिरञ्जीवी तिम्सिना, हरिबहादुर कार्की लगायतले बोल्दै अब सहकारी पनि प्रविधिमैत्री हुनुपर्ने बताएका थिए ।

Tags: टीकादत्त बनसगुन कृषि सहकारीसीताराम मेहता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    156 shares
    Share 62 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.