Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सगुन कृषि सहकारीको १२ औँ वार्षिकोत्सव सम्पन्न, कुल २६ करोड सेयर पुँजी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७८
in समाचार
0
सगुन कृषि सहकारीको १२ औँ वार्षिकोत्सव सम्पन्न, कुल २६ करोड सेयर पुँजी
292
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरीमा रहेको सगुन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२ औं वर्ष मनाएको छ ।

बुधबार एक कार्यक्रमकाबीच सहकारीको डिपार्टमेन्ट स्टोर उद्घाटन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सीताराम मेहताले रिबन काटेर डिपार्टमेन्ट स्टोरको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेहताले किसानको उत्पादनले बजारीकरण पाउनु सकारात्मक रहेको बताए ।

‘किसानले उत्पादन गरेका कृषिले उचित मूल्य नपाइरहेको अवस्थामा सहकारीमार्फत उपभोक्तासम्म उदेश्यले यसरी डिपार्टमेन्ट स्टोर सञ्चालन गर्नाले कृषक आत्मनिर्भर हुन्छन्,’ उनले भने, ‘हाम्रो देश कृषिप्रधान देश भनिएपनि अझैसम्म बाहिरी देशबाट निर्भर रहनुपर्ने अवस्था छ ।’

उनले योजनाबद्व तरिकाले कृषि क्षेत्रमा काम गर्नुपर्ने बताए । मेहताले भने, ‘अहिले जताततै प्लटिङ भनेको छ, पोल ठड्याइदिएको छ, तर जमिन चैँ बाँझो छ । जमिनको व्यवस्थापन गरिनुपर्छ ।’

उनले बाँझो जमिन रहेकाले त्यसको उचित व्यवस्थापन गरेको अवस्थामा आम मानिस आत्मनिर्भर बन्ने तर्क राखे । बाँझो रहेको जमिनमा तोरी, अदुवा, बेसार, फलफूल, तरकारीखेती गरिनुपर्ने बताउँदै उनले यस्ता सहकारीले किसानको हक हितमा गोलबद्व भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सगुन कृषि सहकारीका अध्यक्ष टीकादत्त बनका अनुसार २०६७ सालमा स्थापना भएको उक्त सहकारीले हाल इटहरी, तरहरा, झुम्का, इनरुवामा सेवा दिइरहेको छ । उनका अनुसार इनरुवामा कृषि यान्त्रीकरण परियोजना अन्तरगत कस्टम हायरिङ्ग सेवा केन्द्र पनि सञ्चालनमा रहेको छ ।

हाल ७५ जना कर्मचारी रहेको सहकारीको शेयरपुँजी दुई करोड ६० लाख र निक्षेप १२ करोड रहेको छ । यस्तै, सहकारी पसलमा दुई करोड बढी लगानी रहेको छ ।

‘सहकारीले बचत उठाउने र ऋण दिने भन्ने मात्रै बुझाइ भएकाले केही समय चुनौती पनि भयो,’ उनले भने, ‘हामीले यस डिपार्टमेन्ट स्टोरमा ३० हजार प्रकारका प्रोडक्ट राखेका छौँ, यहाँबाट नाफा भएको रकम सेयर सदस्यमा जानेछ ।’

उनका अनुसार यसबाट भएको नाफा समुदायमा जाने भएकाले अहिले डिपार्टमेन्ट स्टोरले थप सुविधा पनि ल्याएको छ ।

कार्यक्रममा चिरञ्जीवी तिम्सिना, हरिबहादुर कार्की लगायतले बोल्दै अब सहकारी पनि प्रविधिमैत्री हुनुपर्ने बताएका थिए ।

Tags: टीकादत्त बनसगुन कृषि सहकारीसीताराम मेहता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल
FEATURE BREAKING

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्माबीच झापामा भेटवार्ता भएको छ। दुवै नेताबीच पार्टीभित्रको एकतासहित...

बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश
FEATURE BREAKING

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

by रासस
असार २, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला कारागारमा...

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३
बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

असार २, २०८३
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.