विराटनगर : विराटनगर महानगरपालिका १८ मा पिकअप भेनभित्र ठूलो परिणाममा लागुऔषध गाँजा र अदुवा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो ।
चेकजाँचका क्रममा चालकले पिकअप छाडेर फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तस्करी गरेर गाँजा र अदुवा भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।














Discussion about this post