मोरङ : विराटनगर महानगरपालिका ९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो ।
प्रकाउ परेका विरुद्ध जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post