धरान : धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सोमबार (आज) नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई समितिले नेविसंघको ५३ औं स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वृक्षारोपण कार्यक्रम क्याम्पस स्थित वीपी पार्क निर्माण स्थलमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले नेविसंघको स्थापना दिवसको अवसर पारेर शुभकामना दिए ।
प्लान्ट अ ट्रि सेभ टेन लाइफ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा अशोक, बेल, कदम, मसला जस्ता विभिन्न प्रजातिका बिरुवा रोपिएको नेविसंघ इकाई बरिष्ठ उपसभापति प्रभास गौतमले जानकारी दिए ।













Discussion about this post