विराटनगर : विराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित ब्राउनसुगरसहित एक्जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौँ महानगरपालिका २ का ३६ वर्षीय राजु महर्जन रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउनसुगर र नाईट्रोसन २० चक्की बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका महर्जनको मोरङ जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post