इटहरी : इटहरीमा डोजर ड्राइभरले रबैया देखाएपछि तनाव उत्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका गेट अगाडि मतपरिणाम पर्खिरहेका जनताहरूका बीचमा आइतबार दिउँसो साढे ४ बजे डोजर ड्राइभरले रबैया देखाएका कारण तनाव उत्पन्न भएको हो ।
इटहरी उपमहानगरपालिकाको को १ क १६३२ सरकारी नम्बर प्लेटको डोजरले मानिसहरूको भीडको प्रवाह नगरी चलाउँदा विवाद उत्पन्न भएको हो ।
उपस्थित भीडले डोजर तोडफोडको प्रयास गरेपनि प्रहरीको सजगताले अकल्पनीय घटना हुन पाएन ।
आक्रोशित भीडले ड्राइभरमाथि हातपातको प्रयास समेत गरेका थिए । तर, प्रहरीले उनलाई उपमहानगर कार्यालयमा सुरक्षित पु¥याएको छ ।
स्थानीयहरूका अनुसार ती ड्राइभरले मादक पदार्थ सेवन गरेको हुनसक्ने भएकाले घटनाबारे छानबिन गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।
सडकमा रहेका मानिसहरूलाई नै किच्ने तथा सफारीलाई नै ठक्कर दिने शैलीमा डोजर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ती ड्राइभरको मेडिकल जाँच गर्ने र मापसे भएको भए कानून बमोजिम कारबाही गर्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘मानिसको भीडमा डोजर चलाउँदा आक्रोशित भीडले हातपातको प्रयास भएको छ । तर, अकल्पनीय घटना हुन पाएन, मेडिकल जाँच गराएर मापसे भएको भए कारबाही गर्छौँ ।’
भिडियो



















Discussion about this post