दुहबी : सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेदनारायण गच्छदार पुनः निर्वाचित भएका छन् ।
गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विनयकुमार पोखरेललाई ४ सय ५५ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
गच्छदारले ११,९१६ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिद्वन्दी पोखरेलले ११,४६१ मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छन् । उनले ११,०९६ मत प्राप्त गरिन् ।
प्रतिद्वन्दी जनता समाजबादी पार्टीका सरोज कुमार सिंहले ५ हजार ४४ मत प्राप्त गरे ।
Discussion about this post