धरान : धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१० का २७ वर्षीय जीवन भुजेलमाथि आइतवार दिउँसो आपसी विवादका क्रममा छुरा प्रहार भएको थियो । गम्भीर घाइते भएका भुजेलको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा धरान–१९ का २८ वर्षीय अर्जुन विक ‘जिमी’लाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
घटना लगत्तै फरार रहेका उनलाई मोरङको बेलबारी नगरपालिका–११ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
हत्या आरोपमा पक्राउ परेका विकमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post