इटहरी : सुनसरीको कोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् ।
अन्सारीले ६ हजार ४१६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छन् ।
Discussion about this post