इटहरी : पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमको बिहीबार (आज) बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा लिटरमा १०–१० रूपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले तोकेको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रूपैयाँ पर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।















Discussion about this post