इटहरी : इटहरीमा खेलाडी उत्पादन गर्ने उदेश्यले दैनिक प्रशिक्षण कार्यक्रमको सुरुआत गरिएको छ ।
इटहरी ९ मा रहेको रंगशालामा अहिले खेलाडी उत्पादन गर्ने उदेश्यले तालिम सञ्चालन भइरहेको पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले जानकारी दिए । उनका अुनसार ‘फुटबल ट्रेनिङ क्याम्प’ नामक संस्थाबाट सञ्चालन भइरहेको प्रशिक्षणमा अहिले इटहरी नगरका विभिन्न
वडाबाट खेलाडीहरू सहभागी छन् ।
‘६ देखि १४ वर्ष उमेर समूहका खेलाडीहरूलाई ग्रासरुटबाटै तालिम सिकाउँदै आएका छौं,’ तामाङले भने, ‘१५ वर्ष भन्दा माथि उमेरकालाई दीर्घकालीन समयमसम्म खेलाडी उत्पादन गर्ने उदेश्यले तालिम भइरहेको छ ।’
उनका अनुसार रंगशालामा फुटबल खेलका लागि प्रशिक्षण हुँदै आएको छ ।
पछिल्लो समय इटहरीबाट खेलाडीहरू पलायन हुने अवस्था आएकाले खेल क्षेत्रको संरक्षणका निम्ति आफूहरूले अहिले दैनिकजसो प्रशिक्षण दिइरहेको उनले बताए ।
प्रशिक्षकको रूपमा उनै तामाङसहित श्याम मानन्धर र सहायक प्रशिक्षकको रूपमा राजकुमार श्रेष्ठ रहेका छन् ।
‘प्रशिक्षणले नव उदयीमान खेलाडीहरूलाई प्रोत्साहन मिल्ने र खेल क्षेत्रमै समर्पित हुन प्रेरित गर्ने भएकाले प्रशिक्षणको आयोजना गरेका हौँ,’ उनले भने ।














Discussion about this post