विराटनगर : लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादी विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका विराटनगर महानगरपालिका १२ का प्रकाश मण्डललाई पक्राउ गरिएको हो ।
मण्डललाई जिल्ला अदालत मोरङले २०७४ साल वैशाख २० गते २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
तर, उनी प्रहरीको नजरबाट भाग्दै आएका थिए । पक्राउ परेका मण्डललाई कैद सजाय भुक्तानका लागि अदालतले कारागार चलान गरेको छ ।














Discussion about this post