इटहरी : इटहरीमा म्याद गुज्रिएका सामानमा नयाँ स्टिकर राखेर बिक्री गर्ने गरेको पाइएको छ ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमिरेका अुनसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानमा नयाँ स्टिकर राखेर बिक्री गरेको पाइएपछि पहिलोपटकलाई सचेत गराइएको छ ।
म्याद गुज्रिएका सामानहरू नष्ट गरी व्यवसायीहरूलाई सचेत गराइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको सहभागितामा इटहरीको मुख्य बजार क्षेत्रका पसलहरूमा बजार अनुगमन गरिएको थियो । ‘केही व्यवसायिहरूले नयाँ स्टिकर टासेर बिक्री गरेको पाइएकोले हामीले तत्काल जफत गरी नष्ट गरेका छौँ,’ घिमिरेले भने ।
इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मसला, खाने तेल लगायतका वस्तुको म्याद गुज्रिएको पाइएको छ । उपभोग्य म्याद, व्यवसाय दर्ता, नवीकरण, कर चुक्ताको विषयमा केन्द्रीत रहेर अनुगमन गरिएको थियो ।














Discussion about this post