Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘कम्प्लेक्स निर्माणमा सम्झौता गर्दा दुई करोड दिने अफर आयो’ : मेयर भण्डारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०७९
in टाकुरा विशेष, समाचार
0
‘कम्प्लेक्स निर्माणमा सम्झौता गर्दा दुई करोड दिने अफर आयो’ : मेयर भण्डारी

कार्यक्रममा सम्बोधन गर्दै मेयर केदार भण्डारी ।

171
SHARES
Share on FacebookShare on Twitter

इनरुवा : सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले सपिङ कम्प्लेक्स निर्माणको सम्झौता गरेमा आफूलाई दुई करोड रुपैयाँ दिने भन्दै अफर आएको खुलासा गरेका छन् ।

शनिबार इनरुवाको हार्डवेयर व्यवासयी संघको दोस्रो साधारणसभामा सम्बोधन गर्ने क्रममा मेयर भण्डारीले सपिङ कम्प्लेक्स निर्माणका लागि सम्झौता गरेवापत दुई करोड रुपैयाँ दिने भन्दै प्रस्ताव आएको खुलासा गरेका हुन् ।

उनले भने, ‘निर्माणका काममा ठूलो चलखेल हुँदो रहेछ, मलाई पनि यस्तै प्रलोभन दिइयो, कम्प्लेक्स निर्माणका लागि सम्झौता गरेर काम अगाडि बढाउन दिए दुई करोड दिने अफर आयो ।’

उनले आफूलाई कमिसनको अफर गर्ने ठेकेदारको नाम तत्काल नखुलाउने बताउँदै भने, ‘नक्सा डिजाइन गर्नेले रकम हात लगाइदिन्छौँ भनेका हुन्, मैले उनीहरूको अफर ठाडै अस्वीकार गरेँ ।’

नगर विकास कोषबाट बन्न लागेको कम्प्लेक्समा २० प्रतिशत नगरले व्यहोर्ने र बाँकी निर्माण गर्ने व्यवसायीले व्यहोर्नेगरी सम्झौता गर्नुपर्ने भएपनि आफूले अस्वीकार गरेको बताए ।

मेयर भण्डारीले भने, ‘नगरलाई आर्थिक भार बोकाएर कम्प्लेक्स बनाउनुभन्दा पार्किङयुक्त हरियाली पार्क बनाउनु उपयुक्त हुन्छ, २४ करोड ऋण बोकेर पाँच तले संरचना खडा गर्नुभन्दा नगर र नगरवासीका प्राथमिकताका विषय र आवश्यकता पहिचान गरी कार्यान्वयनमा ल्याउनु उचित हुने बुझेको छु ।’

यसअघि आफू मेयरमा निर्वाचित भएपश्चात् नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाको फोन आएको र सम्झौता कार्यान्वयनका लागि काठमाडौं आउन भनिएको बताए ।

सो क्रममा मेयर भण्डारीले कम्प्लेक्सको सन्दर्भमा आफू कुनै पनि निष्कर्षमा नपुगेको र वस्तुस्थिति बुझेर सर्वपक्षीय रायपश्चात् मात्र जानकारी गराउने भनी जवाफ फर्काएको जानकारी गराए ।

सपिङ कम्प्लेक्स निर्माण प्रयोजनका लागि गत फागुनमा इनरुवा नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको थियो ।

नगरपालिकाका इन्जिनियर उमेश्वर मेहताका अनुसार तत्कालीन समयमा कोषका पदाधिकारीसहितको टोली नगरपालिकामा आएर छलफल गरी डिजाइनको प्रक्रिया अघि बढाइएको बताए ।

तत्कालीन नगरप्रमुख राजन मेहता र कोषका कार्यकारी निर्देशक सापकोटाले २४ करोड ऋण सम्झौतामा हस्ताक्षर गरेको बुझिएको छ ।

मेयर भण्डारीले स्रोत साधन जुटाएर स्थानीय क्षेत्रको पूर्वाधार विकासमा आफ्नो ध्यान जाने बताउँदै भने, ‘यहाँ कमिसनको खेला भयो, अब मेरो कार्यकालमा सार्वजनिक जग्गा मिचेर बसेकाहरूसँग पनि छलफल गरी सार्वजनिक जग्गा छुट्याउने काम हुन्छ ।’

उनले एक फरक प्रसङ्गमा इनरुवामा रहेको जिल्ला अस्पतालमा आफ्नो चासो रहेकाले यहाँका जनताले स्वास्थ्य क्षेत्रका लागि अन्य ठाउँ जान नपर्ने बताए ।

उनले भने, ‘जिल्ला अस्पताल व्यवस्थापन हुँदैछ, निश्चित करबाहेक अरु व्यापारीलाई मार्कामा पर्ने कर घट्नेछ ।’

उनले पछिल्लो समय इनरुवा क्षेत्रमा पार्किङ अस्तव्यस्त भएका कारण त्यसको दीर्घकालीन समाधानका निम्ति पनि आफू सकारात्मक रहेको बताए ।

 

Tags: इनरुवाकेदार भण्डारीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बेलकाका पहिरो पीडितलाई राहत
FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री...

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    919 shares
    Share 368 Tweet 230
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.