विराटनगर : पेट्रोलियम पदार्थको मूल्य वृद्वि भएपछि विराटनगरमा चक्काजाम गरिएको छ ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विराटनगरमा आज (सोमबार) बिहान यातायात व्यावसायी र मजदुरले चक्काजाम गरेका हुन् ।
मूल्य वृद्धिको विरुद्ध सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवंशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।
मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।














Discussion about this post