धरान : प्रदेशस्तरीय अन्तर प्लस टु सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम भएको छ । कलेजका नवीन खड्का र इक्सा लिम्बूको समूह पहिलो भएको हो ।
धरान १६ स्थित युएन कलेज बिएचएम विभागको आयोजनामा सोमबार भएको प्रतियोगितामा प्रिमियम कलेज इटहरीका राहुल धमला र विपना कार्कीको समूह दोश्रो भए ।
त्यस्तै, नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समूह तेश्रो भएको छ ।
विजेताहरूलाई युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकद्वय ग्लोबल नेप्लिज सेफ फेडरेसन प्रदेश १ का अध्यक्ष नीरज श्रेष्ठ र फेडरेसनका सुनसरी अध्यक्ष प्रेम लिम्बूले नगद, ट्रफी र प्रमाण–पत्र वितरण गरे ।
पहिलो हुने समूहले ५० हजार रुपैयाँ नगद, युएन कलेजमा बिएचएम पढ्न ५० हजार बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
दोश्रो हुने समूहले ३० हजार रुपैयाँ नगद, बिएचएम पढ्नको लागि ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
त्यस्तै, तेश्रो हुने समूहले २० हजार रुपैयाँ नगद, युएन कलेजमा बिएचएम पढ्नको लागि २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४ वटा कलेजका ६ समूहहरू सहभागी थिए ।
Discussion about this post