विराटनगर : विराटनगर महानगरपालिका १७ मा रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा एकजना अप्रेटरको मृत्यु भएको छ ।
जुटमिलमा अप्रेटरको रूपमा काम गर्ने मोरङ विराटनगर १४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटेर गम्भीर घाइते भएका थिए ।
कामतलाई तत्काल उपचारको लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post