भारतले नेपाली भूमी लिपुलेकमा अतिक्रमण गरेको विरूद्ध आज भानुचोकमा सामाजिक अभियन्ताहरुद्वारा विरोध कार्यक्रम आयोजना गरिएको छ ।
लकडाउनको बेला निषेधित क्षेत्रमा भएको प्रदर्शनी भने प्रहरीले रोकेको थियो ।
सामाजिक संजालबाट आह्वान गरि आईतबार भानु चोक नजिक रहेको घण्टाघरको गेट बाहिर विश्रामस्थलबाट दिउँसो १२ बजेदेखि सामाजिक अभियन्ताहरुले प्रदर्शन सुरु गरेका थिए ।
लोकतान्त्रिक चौतारीमा शान्तिपुर्ण विरोध कार्यक्रम गरेको अभियन्ता महेश श्रेष्ठले बताए । १२ बजेदेखी करिब डेढ घण्टा आयोजना गर्ने भनिएको शान्तिपूर्ण विरोध कार्यक्रमको अन्तिम समयमा प्रहरी आएर हस्तक्षेप गरेको उनले बताए ।
भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिम्पियाधुरा हाम्रो भूमी हो, लगायत नारा लेखिएको पर्चा सहित प्रदर्शन गरिएको थियो ।
श्रेष्ठले भने, ‘करिब १ घण्टा २० मिनेट पछि प्रहरीले ती पर्चाहरु लगेको थियो । हामीले सामाजिक दुरी कायम गरेर नै शान्तिपुर्ण विरोध गरेका थियाैँ ।’
तस्वीरहरु : लक्ष्मण थापा ।
Discussion about this post