इटहरी : अविरल वर्षाका कारण आएको बाढीका कारण प्रभावित भएका क्षेत्रमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल उद्वार कार्यमा आफैँ खटिएका छन् ।
र्यापिड रेस्पोन्स टिम लिएर मेयर पौडेल आफैँ उद्वारमा खटिन थालेका हुुन् ।
डुबान तथा कटानबाट समस्यामा परेको भए तत्काल इमर्जेन्सी नम्बरमा सम्पर्क गर्न मेयर पौडेलले आग्रह समेत गरेका छन् ।
उपमहानगरपालिकाले नगर स्तरीय विपद व्यवस्थापन टिमको परिचालन गरी रोकथाम, नियन्त्रण र उद्धार तीनै पक्षलाई एकैसाथ सुरु गरेको बताएको छ ।
२० वटै वडामा वडाध्यक्षसहितको टिम परिचालन छन् । कटान भएका ठाउँमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अस्थायी बाँध बाँध्ने काम भइरहेको मेयर पौडेलले जानकारी दिए ।
इटहरी ५ मा डुबानमा परेका परिवारलाई उद्वार गर्न मेयर पौडेल आफैँ पुगेका छन्।
सामाजिक सञ्जालमार्फत इटहरीबासीलाई सम्बोधन गरेका मेयर पौडेलले डुबान र कटान नियन्त्रणका लागि काम भइरहेको बताए । विपद्मा परेका व्यक्तिहरूको पहिचान र उद्वारका लागि हटलाईन नम्बर पनि सार्वजनिक गरिएको छ ।
बाढीबाट प्रभावित भएमा आपतकालिन सहयोगका लागि ०२५–५८१७०६, ०२५–५८०१०१ मा सम्पर्क गरे तत्काल रेस्पोन्स गर्ने उपमहानगरले जनाएको छ ।














Discussion about this post