Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अपराधको पराकाष्ठा : दिल्लीमा बन्धक बनाएर काममा लगाउँदा जसले उद्वार गरे, उसैबाट यसरी मारिए नरेशकुमार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २०, २०७९
in समाचार
0
अपराधको पराकाष्ठा : दिल्लीमा बन्धक बनाएर काममा लगाउँदा जसले उद्वार गरे, उसैबाट यसरी मारिए नरेशकुमार

पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : प्रदेश १ प्रहरी कार्यालय विराटनगर ।

254
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : २०७६ मङ्सिरमा घरेलु कामदारको लागि भनेर झापा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीलाई केही व्यक्तिले झुक्याएर भारतको दिल्ली पुर्याइएको बखत भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइसँग जानुकाको दिल्लीमै चिनजान भयो ।

जानुकालाई त्यहाँ जबरजस्ती बन्धक बनाएर काममा लगाएको देखेपछि नरेशकुमारले उनलाई उद्धार गरेर नेपाल ल्याएका थिए । नरेशले उनलाई दिल्लीबाट नेपालसम्म उद्धार गरेर ल्याँउदा ठूलै जोखिम पनि मोलेका थिए ।

भारत गुजरातका तिनै नरेशकुमारको शव असार १२ गते साँझ अर्जुनधारा ४ स्थित स्थानीय खोलमा बोराभित्र हालेर फालेको अवस्थामा शव भेटियो । शुरुमा नरेशकुमारको सनाखत हुन सकेन । टाउको र शरीरका बिभिन्न भागमा चोट भेटिएपछि इलाका प्रहरी कार्यालय अनारामनीका डीएसपी रुगम कुँवर स्वयं घटनाको अनुसन्धानमा लागे ।

पहिचान खुल्न साथ शुरुमा नरेशकुमार बैशाख ४ गते अवैध ५९ हजार भारुसहित पक्राउ परेको प्रहरी रेकर्डमा भेटियो ।

राजश्व कार्यालय इटहरीमा प्रहरीले बुझाएपछि उनलाई धरौटीमा छाडेको थियो। तर, उनी तारेख धाउनुपर्ने भएका कारण नरेशकुमार असार ९ गते इटहरी आएर झापा पुगेको मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्ट देखियो । त्यसको केहीदिन अघि नरेश तिनै महिला जसलाई उनले भारतको दिल्लीबाट नेपाल उद्धार गरेर ल्याएका झापा अर्जुजधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीको घरमा वास बसेको देखियो ।

तारेख धाउनुपर्ने भएपछि उनी जेठमा जानुकाको घरमा आएर तीनदिन बसेको अनुसन्धानबाट देखियो । उनी ७ असारमा पुनः जानुकाको घरमा आएर बसेका थिए।

मृतक नरेशकुमार र जानुकाबिच नजिकको सम्बन्ध भएको सिडिआरबाट देखिएपछि प्रहरीले जानुकामाथि अनुसन्धान केन्द्रित गर्यो । र अनुसन्धानको निष्कर्ष नरेशकुमारको हत्यामा जानुका उनका श्रीमान विनय भनिने वृखबहादुर थापा र सुनसरी बराहाक्षेत्र नगरपालिका १० का २५ वर्षीय सुरेश परियार संलग्न भएको भेटियो ।

नरेशकुमार, जसले जानुकालाई दिल्लीमा बन्धक बनाएर काममा लगाएको त्यो अवस्थाबाट उद्वार गरेर नेपाल ल्याए आज उनै जानुकाको योजनामा नरेशले ज्यान गुमाउन पुगे ।

अनारामनीका डीएसपी कुँवरले आइतबार हत्यामा संलग्न जानुका, उनका श्रीमान र सुरेश परियारलाई सार्वजनिक पछि भने ‘दुवैको दिल्लीबाटै चिनजान भएपछि, उनीहरू निकट भएकै कारण आर्थिक व्यवहार समेत भएको देखियो ।’

‘प्रहरीका अनुसार नरेशकुमारले जानुकालाई घर बनाउन आर्थिक सहयोगदेखि बालबच्चालाई कपडा समेत किनिदिन्थे । तर जानुकाका श्रीमान वृखबहादुरले दुवैको सम्बन्धमा शंका गर्दै आएका थिए । र घरमा पटकपटक विवाद समेत हुने गर्दथ्यो ।

यसको थप पुष्टि गदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले पत्रकार सम्मेलनमा भने ‘असार ९ गते घरमै आएका नरेशकुमारले जानुकालाई हात समातेपछि श्रीमान् वृखबहादुर र नरेशबिच विवाद भएको थियो । तर त्यो दिन भने वृखबहादुरले हत्याको योजना पहिले नै बनाएर सुनसरीका सुरेश परियार र अर्को एक व्यक्तिलाई घरमा ल्याएका थिए ।’

नरेशकुमारको हत्या गरे वापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिने सहमती भएको एसपी पोखरेल बताउछन् ।

हत्यापछि परियारलाई दुई लाख र फरार व्यक्तिलाई एक लाखसमेत दिएको पाइयो पोखरेलले भने, ‘हत्यामा संलग्न अर्का एक व्यक्ति अझै फरार छन्।’ फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन।

हत्याको दिन नरेशकुमार, वृखबहादुर, सुरेश परियार र अर्को व्यक्तिले सँगै बसेर मापसे गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही क्रममा विवाद हुँदा परियार र अर्का व्यक्तिले नरेशकुमारलाई मार्तल प्रहार र घाटी थिची हत्या गरेका थिए ।

पछि शव व्यवस्थापन गर्न बोरामा हालेर शव हत्या भएको स्थानदेखि ३ किलोमिटर पर अर्जुनधारा नगरपालिका ४ स्थित जुकेखाडी साहसी टोलको भित्री कच्ची सडकको खोलामा फालिएको थियो ।

– अपराध न्यूजको सहयोगमा

Tags: #हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.