विराटनगर : मानब बेचबिखन तथा ओसारपसार मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ९ बस्ने ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैँचा १० बस्ने २३ वर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रमा पक्राउ गरेको हो । पक्राउ परेकालाई सुनसरी जिल्ला अदालतमा हाजिर गराइ झुम्का कारागार पठाइएको छ ।
पक्राउ परेका श्रेष्ठनको मानब बेचबिखन तथा ओसारपसार मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ वर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो ।
यस्तै, उरावको १ वर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post