इलाम : इलाममा रुखले किचेर वृद्धको मृत्यु भएको छ ।
जिल्लाको माई नगरपालिका ५ धोबिखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङ्देम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको हो ।
पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर घर किच्दा घरमा सुतिरहेका वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post