इटहरी : सुन्दरहरैँचा सवारी ज्यान मुद्दामा फरार रहेका मोरङको सुन्दरहरैँचाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भइ फरार रहँदै आएका सुन्दरहरैँचा नगरपालिका ९ का ३१ वर्षीय विनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
खवासलाई सवारी ज्यान मुद्दामा पुनाराबेदन अदालत विराटनगरको २०७१।१२।११ गतेको फैसला आदेशले २ वर्ष कैद र २ हजार जरिवाना तोकेको थियो ।
कैद तथा जरिवाना तोकिएपनि फरार रहँदै आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैँचा ९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।














Discussion about this post