इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०६१।०८।१५ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई फरार रहँदै आएका पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा ८ बस्ने ६० वर्षीय डिल्लीराम ढकाल रहेका छन् ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारेर अदालतमा हाजिर गराइ कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post