झापा : झापाका दुई छुट्टाछुट्टै स्थानबाट साढे ६ लाख बराबरको अबैध सामान बरामद गरिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ मा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ पोका विभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रूपमा ल्याउँदै गरेको अन्दाजी २ लाख ७५ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ ।
अबैध रूपमा सामान बराद भएसँगै आवश्यक कारबाहीको लागि मेची भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post