धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ ।
५६ वर्षको उमेरमा रौनियारको मंगलबार (आज) बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित रहेका रौनियारका एक छोरा रहेका छन् ।
प्रतिष्ठानको उपकुलपति रहेकै समय २०७६ असारमा अख्तियारले उनलाई भतिजा डा. रामहरी रौनियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका रौनियारले भ्रष्टाचारको मुद्दाबाट गत जेठमा सफाइ पाएका थिए ।











Discussion about this post