विराटनगर : सशस्त्र प्रहरीले विराटनगरबाट तस्करीको कपडा बरामद गरेको छ ।
जोगवनीबाट अवैध रूपमा ल्याउँदै गरेको कपडा विराटनगर महानगरपालिका १६ दरैयाबाट सशस्त्रले नियन्त्रणमा लिएको हो ।
टाउकोमा बोकेर तस्करीको कपडा ल्याउँदै गरेकाहरु सशस्त्रलाई देखेपछि कपडा फालेर फरार बनेका थिए ।
सशस्त्रका अनुसार एक लाख १४ हजार मूल्य बराबरको कपडा बरामद गरिएको हो ।














Discussion about this post