इटहरी : इटहरीमा रहेको स्कील क्याम्पसले एक कार्यक्रमको आयोजना गर्दै हस्पिटालिटि अवार्ड, विदाई एवम् स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार इटहरीको रोयल रिसोर्टमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटालिटि अवार्ड, विदाई एवम् स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीका अनुसार प्रदेश नम्बर १ मा पर्यटन र हस्पिटालिटि क्षेत्रमा योगदान गर्ने ६ संस्था तथा व्यक्तिलाई अवार्ड प्रदान गरियो ।
यसरी अवार्डबाट सम्मानित हुनेमा सास्तम कलेज विराटनगर, युएन कलेज धरान, सेछ हस्पिटालिटि धरान, प्राइड हस्पिटालिटि सोलुसन इटहरी, पत्रकार विराट अनुपम तथा कृष्ण शाह रहेका छन् ।
प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका सिईओ पृथ्वीराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । यस्तै, कार्यक्रमको संयोजक डेनी खत्री थिए भने सबिना बान्तवा राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सन् २०१५ मा स्थापना भएको स्कील क्याम्पस, होटल व्यवस्थापन विषयको क्षेत्रको पायनियार कलेज हो । विश्व पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा विभिन्न ढंगले अनवरत काम गर्दै, दक्ष जनशक्ति उत्पादनसँगै त्यस सम्बन्धि शिक्षा प्रदान गर्दै आएको छ ।
Discussion about this post