इटहरी : बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।
विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।
विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भइ लगत नं. १२१२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post