झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ६० हजार भन्दा बढीको अबैध सामान बरामद गरिएको छ ।
भारतीय बजारबाट अबैध रूपमा भन्सार छली समान ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ गैरीगाउँबाट एक लाख ६० हजार मूल्य बराबरको सारी, कुर्था लगायतका समानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।
अबैध रूपमा सामान बरामद भएसँगै आवश्यक कारबाहीको लागि मेची भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।












Discussion about this post