इटहरी : चोरी मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने ३० वर्षीय सञ्जयकुमार मण्डल र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ३ भानु स्मृतिमार्ग बस्ने ३७ वर्षीय विशेष भुजेल रहेका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो
।
फरार रहेका सञ्जयकुमार मण्डललाई चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०७।०८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ५ महिना १४ दिन कैद र पाँच हजार जरिवाना भइ लगत नं. १५३२ मा कैद तथा जरिवाना तोकेको थियो ।
यस्तै, विशेष भुजेललाई मोटरसाइकल चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०७।१० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ५ महिना ५ दिन कैद र पाँच हजार जरिवाना भइ लगत नं. १६२८ मा कैद तथा जरिवाना बेरुजु रहेको र असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post