विराटनगर : विराटनगर महानगरपालिका १९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० वर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



















Discussion about this post