इटहरी : २० तोला सुनसहित इटहरीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिकाका कुलबहादुर सुनुवार रहेका छन् । उनलाई मंगलबार (आज) बिहान विराटनगर विमानस्थलबाट पक्राउ गरिएको हो ।
विराटनगर विमानस्थल हुँदै यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारी गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विराटनगर विमानस्थलबाट काठमाडौं लैजान लागिएको सुन वैधानिक रहेको डीएसपी श्रेष्ठले बताए ।
शङ्कास्पद हिसाबले सुन लैजान लागिएको हुनसक्ने प्रहरीको आशङ्का थियो । सुनका गरगहना वैधानिक रहेको प्रमाणित भएपछि सुनुवारलाई प्रहरीले छाडिदिएको छ । गहना पनि जिम्मा लगाइएको जनाइएको छ ।
सुनुवारले बैङ्कबाट सुन खरिद गरेको बिल र निकासीका लागि सम्बन्धित निकायबाट लिएको अनुमति लगायतका कागजपत्र पेश गरेका थिए । कागजपत्र अध्ययन गर्दा सुन चुस्तदुरुस्त रहेको पाइएपछि छाडिएको डीएसपी श्रेष्ठले बताए ।














Discussion about this post