इटहरी : बहुविवाह मुद्दाका फरार प्रतिवादी इटहरीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नवीनराज राईका अनुसार बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई गाउँघरबाटै पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सुशील पोदार रहेका छन् ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा बिहीबार (आज) पक्राउ गरेको हो ।
पोदारलाई सुनसरी जिल्ला अदालतको मिति २०७७।०३।०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना तोकेको थियो ।
पक्राउ परेका उनलाई कैद सजायको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post