विराटनगर : विराटनगर महानगरपालिका ११ नयाँ गुद्रीस्थित लोटस गीत गजलका कामदारमाथि भारतीय नागरिकले छुरा प्रहार गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विन्देश्वर यादवले सञ्चालन गरेको गीत गजलका कामदार विराटनगर १५ का २२ वर्षीय सोनु साहमाथि बुधबार राति ११ः१५ बजेतिर छुरा प्रहार हो ।
गीत गजलमा खानपिन गरेको पैसा तिर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तीन जनाको सङ्ख्यामा रहेका भारतीय नागरिकले साहको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका साहको उपचार भइरहेको छ ।
छुरा प्रहार गर्नेमध्ये भारत टिकुलियाका २१ वर्षीय विक्की पोदारलाई पक्राउ गरिएको जानकारी प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरेर भाग्दै गर्दा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जीयार थारु नेतृत्वको टोलीले पोदारलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य दुई जना फरार भएका छन् । फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।












Discussion about this post