मोरङ : लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ४, काकुम बस्ने २६ वर्षीय निवेक श्रेष्ठ रहेका छन् ।
उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई सुनसरी जिल्ला अदालतमा पेस गरेकोमा अदालतले कैद भुक्तानीका लागि झुम्का कारागार पठाएको छ ।
फरार रहेका श्रेष्ठको लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको २०७८ भदौ १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ९ महिना १ दिन कैद र एक लाख जरिवाना तोकेको थियो ।












Discussion about this post