तरहरा : इटहरी–धरान सडकखण्डमा पर्ने तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म चारकोसे जङ्गलमा मोबाइल नेटवर्कको समस्या समाधान भएको छ ।
नेपाल टेलिकम धरान शाखाले टावरको एलाइन्मेन्ट परिवर्तन गरेपछि समस्या समाधान भएको हो ।
नेपाल टेलिकम धरान शाखा प्रमुख प्रसन्न थापाका अनुसार सडक बिस्तारका कारण पनि अहिले नेटवर्क समस्यामा केही हदसम्म समस्या भएको हो ।
यसअघि सुनसरी उद्योग वाणिज्य संघको पहल तथा प्रतिनिधिसभाका सचेतक मीन विश्वकर्माको समन्वयमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ध्यानाकर्षण गराएको थियो ।
मन्त्री कार्कीले एक सातामा समाधान हुने वचन दिएका थिए । मन्त्री कार्कीको निर्देशनअनुसार टेलिकमले नेटवर्क समस्याको तत्काल समाधान गर्नेगरी प्रक्रिया अगाडि बढाएको थियो ।
Discussion about this post