झापा : अवैध रूपमा नेपाल भित्याउँदै गरेको अवस्थामा प्रहरीले ३१ बोरा चिनी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक सय ५५ केजी चिनी बरामद गरेको जनाएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका–५ जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइराखेको अवस्थामा अन्दाजी एक लाख ११ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।
भारतबाट भन्सार छली गरेर ल्याई लुकाइराखेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा आइतबार अन्दाजी बिहान बरामद गरेको हो । बरामद चिनी कसको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चिनी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post