इटहरी : सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना कैद र छ हजार जरिवाना भइ हालसम्म फरार रहँदै आएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ का ३५ वर्षीय प्रेम तामाङ रहेका छन् ।
फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहको प्रहरी टोलीले तामाङलाई सोमबार (आज) धरानबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइ तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post