Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, ‘प्रदेश खारेज गर्नुपर्छ, तर हामी निर्वाचनमा सहभागी हुन्छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०७९
in समाचार
0
इटहरी आएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, ‘प्रदेश खारेज गर्नुपर्छ, तर हामी निर्वाचनमा सहभागी हुन्छौँ’

मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कमल थापासहितका नेताहरू । तस्वीर : टाकुरा न्यूज ।

200
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले प्रदेश खारेजीको अभियानसहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।

(आज) मंगलबार इटहरीमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमअघि पत्रकार सम्मेलन गर्दै थापाले मुलुकमा दुई तहको मात्रै सरकार आवश्यक रहेकाले प्रदेश खारेजीको अभियानसहित निर्वाचना होमिने बताएका हुन् ।

‘केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न गरी दुई तहको सरकार मात्रै कायम गर्नुपर्दछ,’ उनले प्रदेश संरचना खारेज गर्नुपर्ने बताउँदै भने, ‘प्रदेश तह खारेज गर्नुपर्दछ भन्ने अवधारणा जनसमुदायमा पु¥याउनुपर्छ, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’

प्रदेश खारेजीको माग राख्दैगर्दा प्रदेशसभामा राप्रपा नेपालको उपस्थिति हुन्छ कि हुँदैन भन्ने प्रश्नमा थापाले भने, ‘संविधान कायम रहन्जुलेसम्म प्रदेशसभा नमान्ने भन्ने हुँदैन, प्रदेशसभाको खारेजीको विषय उठाउँदै निर्वाचनमा सहभागी हुन्छौँ ।’

निर्वाचनमा तालमेल कुन दलसँग गर्ने निर्णय नभइसकेपनि विभिन्न राजनीतिक दलसँग छलफल चलिरहेको उनले बताए ।

‘एक्लै चुनाव जित्न कठीन हुन्छ, त्यसैले कुनै न कुनै पार्टीसँग तालमेल गर्नैपर्छ, तालमेल गर्दा जित्न सकिन्छ भने त्यसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘हाम्रो उदेश्य चुनाव जित्ने हो, शैद्वान्तिक, वैचारिक एलाइन्स भन्दापनि चुनाव जित्ने चैँ तालमेल हो ।’

उनले भने, ‘हाम्रो धेरै ठूलो आकांक्षा पनि छैन, केही सीमित ठाउँमा चुनावी तालमेल गर्छौँ, तालमेलका लागि नेकपा एमालेसँग छलफल भइरहेको छ, एमाले सकारात्मक छ ।’

हिन्दु राष्ट्र पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण र बेरोजगारी निरुत्साहन आफूहरूको पार्टीको मुख्य योजना रहेको थापाले बताए ।

चुनावमा राप्रपा नेपालले ५ देखि १० सिट क्षेत्र पाउनेगरी तालमेल गर्ने उनको दाबी छ । उनले भने, ‘तालमेल नभएका क्षेत्रमा हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी खडा गर्नेछ ।’

भिडियो

Tags: कमल थापाराजनीतिराप्रपा नेपाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.