इटहरी : इटहरी उपमहानगरपालिकाको मुख्य चौकको तीन सय मिटर वरपर पार्किङ गर्न नपाइने भएको छ ।
सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ ।
तर, इटहरी क्षेत्रमा सडक सीमा मिचेर जथाभावी पार्किङ गरिरहेको भन्दै यस्ता पार्किङलाई तत्काल हटाउन मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।
पौडेलका अनुसार मंगलबारबाटै सडक आसपासको तीन सय मिटर वरपरका क्षेत्रमा ट्राफिक प्रहरी र नगर प्रहरीले पार्किङ गर्न नदिनका लागि खटिनेछन् । ।
इटहरीमा निश्चित ठाउँमा पार्किङ स्थल नहुँदा समस्या हुँदै आएको छ ।














Discussion about this post