इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ का २९ वर्षीय देवीबहादुर लिम्बू रहेका छन् ।
लिम्बूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रही फरार रहेका थिए ।
पक्राउ परेका लिम्बूलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post