इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरी जेल हाल्ने बताएका छन् ।
उनले स्टाटस राख्दै ‘फेसबुकमा गाली गलौज गर्नेलाई पत्ता लगाएर पक्राउ पुर्जी जारी गरिनेछ,’ लेखेका छन् ।
मानहानी र बेइज्जतीको म्ददा समेत चलाइने उनको चेतावनी छ । ‘देशमा एउटा सरकार पनि छ’ भन्ने नभुल्न उनको आग्रह छ ।
लगत्तै मेयर साम्पाङले तर्कसहितको विरोध र बहसलाई आफूले धन्यवाद भनेपनि तल्लो स्तरको शब्द प्रयोग गर्न कसैलाई छुट नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘गाली गर्ने छुट कसैलाई छैन, पत्ता लगाएर जेल हाल्न नपरोस् ।’



















Discussion about this post