धनकुटा : धनकुटामा ९ वर्षअघि नवजात शिशुको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
वि.सं.२०७० असार ७ गते नवजात शिशुको हत्या गरी धनकुटा नगरपालिका ५ बिहीबारे हटियाको खोल्सीमा फालेर फरार रहेका साविक भोजपुर जिल्लाको सिद्धेश्वर गाविस हालको भोजपुर नगरपालिका वडा नंं. ४ घर भएका वर्ष ४३ का प्रेमकुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतले एक महिलासँग अनैतिक सम्बन्ध राखी बच्चा जन्माएको र उक्त बच्चालाई मारेर फालेको कसुरमा पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
सो अभियोगमा जिल्ला अदालत धनकुटाको मिति २०७४ कात्तिक २० गतेको फैसला आदेशले २५ वर्ष कैद सजाय तोकेको थियो ।
राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ २० गते काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका राउतलाई जिल्ला अदालत धनकुटामा उपस्थित गराइ तोकिएको सजाय भुक्तानको लागि जिल्ला कारगार पठाएको छ ।














Discussion about this post