खोटाङ : रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।
अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका ६, निसीका दिलबहादुर बुढाको छुरा प्रहारबाट मृत्यु भएको हो ।
सेप्टेम्बर २ को राति दिलबहादुरले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला बाथरुम छेउमा बसिरहेका दिलबहादुरले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन् ।
घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा करिब ८।१० मिनेटपछि ढकालको मृत्यु भएको बताइएको छ ।
ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए ।












Discussion about this post