धरान : धरानमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका १२ का ६८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कोराना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका उनको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज (आइतबार) मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणका कारण सिकिस्त बिरामी परेका उनलाई शनिबार उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी मुटु र मिर्गौला सम्बन्धि दीर्घ रोगी भएको डा. पोखरेलले बताए ।














Discussion about this post