Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा एक बालिकाको रहस्यमय मृत्युपछि पीडित भन्छन्–‘यातना दिएर मारियो’, प्रहरीको व्यवहारमाथि नै आशंका (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०७९
in टाकुरा विशेष, समाचार
0
सुनसरीमा एक बालिकाको रहस्यमय मृत्युपछि पीडित भन्छन्–‘यातना दिएर मारियो’, प्रहरीको व्यवहारमाथि नै आशंका (भिडियो)

छोरीको अस्वभाविक मृत्युपछि किरियामा बसेकी आमासहित स्थानीय ।

472
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित भेटघाट चौककी एक बालिका झुण्डिएको खबर आयो ।

स्थानीय आदर्श माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया दिपिना पाँचकोटी झुण्डिएको खबरसँगै ओमानमा रहेकी आमा बिहीबार नेपाल आइपुगिन् ।

ठूलोबुबाको परिवारसँगै बस्दै आएकी बालिकाको शव भदौ १९ गते बिहान उनी सुत्ने कोठामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।

मृतक बालिकाकी आमा मीना पाँचकोटीले आफ्नो श्रीमान १२ वर्षअघि बितेको र आफू वैदेशिक रोजगारका लागि ओमानमा रहेको समयमा छोरी झुण्डिएको खबर पाएको बताइन् ।

‘म जाँदै आउँदै गर्थेँ, मैले छोरी सानो हुँदा माइतमै छाडेर गएकी हुँ,’ उनले भावविह्ल मुद्रामा भनिन्, ‘सानो भइन्जेल जेठाजुहरूले वास्ता गर्नुभएन, काम गर्न सक्ने भएपछि माइतबाटै खोसेर ल्याउनुभयो ।’

उनले आफ्नी छोरीलाई जेठाजु ५३ वर्षीय प्रदीप पाँचकोटी र उनकी श्रीमती ४५ वर्षकी गीता दर्जीले मारेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरिन् । उनले आफू आठ महिनाअघि मात्रै ओमान गएको र घटना भएको जानकारी पाएपछि आउँदा ‘मरेको नभई मारिएको’ आशंका लागेकाले प्रहरीमा उजुरी गरेको बताइन् ।

‘झुण्डिएर मरेको होइन, मारिएको हो । मलाई न्याय चाहियो,’ मीनाले भनिन्, ‘मेरो जग्गा जमिन सबै खाएको छ, त्यही जग्गाका कारण मेरो छोरीको ज्यान पनि लिएको हो ।’ उनले आफ्नी छोरी मरेको नभई मारिएको भएकाले कानूनी कारबाही हुनुपर्ने माग राखिन् ।

स्थानीय मानिसहरूले पनि घटना शंकास्पद रहेकाले पीडितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरिएपनि प्रहरीले घटना दबाउन खोजेको दाबी गर्छन् । ‘हामीले बिहीबार नै प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी लिन मानेन,’ उनले टाकुरासँग भनिन्, ‘पीडकलाई प्रहरीले संरक्षण ग¥यो, म एक्लै छु, निर्दोष छु । तर छोरीको मृत्युका कारण अविचलित बनेँ ।’

छोरीको अस्वभाविक मृत्युपछि किरियामा बसेकी आमा मुना पाँचकोटी ।

आफूसँग फोनमा समेत बोल्न नदिने गरेको बताउँदै उनले भनिन्, ‘मेरो छोरी मर्ने बेलासम्म बोल्न पाइन, एक्कासी मरेको खबर आयो ।’ श्रीमान बितेका कारण आफू विदेशमा बस्न बाध्य भएको र एउटै मात्र छोरी रहेपनि मृत्यु हुनु अस्वभाविक रहेकाले प्रहरीमा उजुरी दिएपनि प्रहरीले घटना दबाउन खोजेको उनले सुनाइन् ।

आफ्नो सम्पत्ति हडप्न जेठाजु र उनको परिवारले कुटपिट गरी छोरीको हत्या गरेको मृतककी आमाको आरोप छ । आफू बिहीबार आएसँगै छोरीको शव शुक्रबार अन्त्यष्टि गरिएको उनले बताइन् ।

स्थानीय सर्वधन राईले घटना निन्दनीय रहेको बताए । ‘शवको अवस्था हेर्दा एकदमै दुःखलाग्दो छ,’ उनले भने, ‘नानीले न्याय पाउनुपर्छ, उसको आत्माको लागि हामीले बोल्नैपर्छ, नभए यस्ता घटना दोहोरिरहन्छन् ।’ उनले प्रहरीमा उजुरी दिन जाँदा नमान्नुको कारणबारे पनि प्रश्न गरे ।

‘हामीले न्याय माग्न जाँदा उजुरी लिन नमान्नुको कारण के ?’ उनले भने । मृतक बालिकाको शवको प्रकृति हेर्दा शरीरमा रगत जमेको र नीलडाम समेत प्रस्ट देखिएकाले घटना शंकास्पद रहेको उनले बताए ।

मृतक बालिकाकी साथी सङ्गीता गजमेरले अघिल्लो दिन सँगै भेटेको साथीको भोलिपल्ट शव देख्दा अस्वभाविक रहेको बताइन् । ‘उसले घरमा जहिल्यै पिट्ने गरेको भन्थ्यो, हामीले कतिपय समयमा कुटेको पनि देखिराथ्यौँ,’ सङ्गीताले भनिन्, ‘हाम्रो घरतिर पनि छिर्नै नदिने, साथीसँग पनि भेट गर्ने बित्तिकै कुट्ने गरिन्थ्यो ।’

उनले मृतकको शवको प्रकृति हेर्दा हत्या भएको दाबी गरिन् । बालिका झुण्डिएको भनेपनि शव खाटमा बसेको अवस्थामा रहेको उनले बताइन् ।

‘झुण्डिएरै मरेको भए हल्का छटपटी त हुन्छ होला नि, कहीँकतै केही छैन,’ उनले भनिन्, ‘तन्नाहरू केही बिग्रिएको थिएन, कुटेको देखेर त मरेको होइन, मारेको हो भन्ने लाग्छ ।’ उनले आफू सँगै हुँदा पनि पिटेको बताउँदै भनिन्, ‘त्यतिखेर तिमी घर गइहाल भनेर मलाई ठूलोममीले भनेपछि म घर आएँ, भोलिपल्ट त लास देखियो ।’

उनले उनले तीजको समयमा पनि बालिकालाई परिवारले खानै नदिएको समेत दाबी गरिन् । ‘तीनदिनसम्म खान दिनुभएनछ,’ उनले त्यसबेलाको घटना स्मरण गरिन्, ‘तीनदिनसम्म हाम्रो घरमै खाना खाएको थियो, तिम्रोमा खाना खाँदा पनि ठूलोबुबा, ममीले पनि कराउनुभयो भनेर सुनाउँथ्यो ।’

घटना निन्दनीय रहेको उनको भनाई छ । ‘मर्नु भन्दा अघिल्लो दिन हाम्रोमा आएको र टिभी हेरिसकेपछि म पनि उसकोमा (मृतक दिपिना) आएँ,’ उनले भनिन्, ‘म उसको कापी लिन आएको थिएँ, घर आउनेबित्तिकै ठूलोबुबाले गाउँ डुल्छेस् भन्दै पिट्नुभयो ।’

स्थानीय कुमारी खड्का (कटवाल) ले बालिकाको शरीरमा नीलडाम रहेकाले पनि उनको हत्या भएको आशंका गरिन् ।

उनले भनिन्, ‘नभएको पनि एक, डेढ सय वटा नीलडाम छ, मैले प्रत्यक्ष देखेको कुरा हो ।’ बालिकालाई यातना दिने र खान पनि नदिने गरेको कुरा छरछिमेकीलाई स्पष्ट थाहा भएको उनले सुनाइन् ।

‘मृतककी ठूलीआमाले यातना दिने, बाथरुममा लगेर कुट्ने, पीडा दिने जस्ता गतिविधि गरेकी छन्,’ उनले भनिन्, ‘गल्ती गर्नेले सजाय पाउनुपर्छ, प्रशासनले छाडिहाल्यो भनेपनि हामी राख्नेछैनौँ ।’

शव पोस्टमार्टम गरेर ल्याइसकेपछि जसलाई उजुरी गरिएको हो, उनै व्यक्तिलाई प्रहरीले भगाएको बताइन् ।

‘यस्तो व्यक्तिलाई प्रहरीले समाउनुपर्ने के कारण भगाइयो,’ उनले प्रहरीले संरक्षण गरेको र प्रहरीमाथि शंका गर्दै भनिन्, ‘जुन व्यक्तिमाथि कुरा गर्न खोज्दा प्रहरीले पछाडिबाट भगायो, हामी समाज मिलेर समातेर ल्यायौँ ।’

यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर राजेश दत्तले भने घटनाबारे बोल्न चाहेनन् । उनले जिल्लामै घटनाबारे बुझ्न भने ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने मृतकका ठूलोबुबा र ठूलीआमालाई शुक्रबार पक्राउ गरी पाँचदिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

(भिडियो)

Tags: आशंकाटाकुरा विशेषबराहक्षेत्ररहस्यमय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो
FEATURE BREAKING

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

नेपालमा बाघको संख्या वृद्धि भएको छ। १ पुस २०८२ देखि गरिएको गणनाको बुधबार (आज) बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको...

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश
FEATURE BREAKING

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा बुधबार इटहरीमा सद्भाव...

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

साउन १३, २०८३
सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

साउन १३, २०८३
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.