इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रहरूमा गस्ती परिचालन भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अनुगमन कार्ययोजना २०७९ अनुसार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिहरूको रोकथाम तथा नियन्त्रणका लागि लामो दुरीको पैदल गस्ती परिचालन गरिएको हो ।
कार्ययोजना अनुसार प्रहरी नायब निरीक्षकको कमाण्डमा १०–१० जना मोरङ र सुनसरी जिल्लाको सीमावर्ति क्षेत्रमा परिचालन गरिएको एसपी राईले जानकारी दिए ।














Discussion about this post