विराटनगर : विराटनगर महानगरपालिका १२ रोडशेष चौकबाट प्रहरीले न्यूनतम मूल्याङ्कन गरी आयात गरिएका विभिन्न सामग्रीहरू बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बीआर ३८ ई ७४२५ नम्बरको ट्याक्टरलाई रोकेर चेकजाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरू न्यूनतम मुल्याङ्कन गरी आयात गरिएको अवस्थामा बरामद गरिएको हो ।
करीब २१ लाख मूल्य बरावरको सामग्री र ट्याक्टरसहित चालक भारत जोगवनीका रोशन यादवलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post