मोरङ : १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको मिति २०७८।८।२० गतेको फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन कैद २ हजार रुपैयाँ जरिवाना र सोही मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर ६ मोरङका २९ वर्षीय पप्पु सहनी रहेका छन् ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा आज (बिहीबार) पक्राउ गरी कैद भुक्तानको लागि मोरङ जिल्ला कारागारमा पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post